धादिङको गल्छीमा दुई वटा माइक्रोबस ठोक्किदा १२ जना घाइते

धादिङको गल्छीमा दुई वटा माइक्रोबस ठोक्किदा १२ जना घाइते

काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा दुई वटा गाडी ठोक्किदा १२ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत गल्छी गाउँपालिका-७ भल्टारमा लमजुङबाट काठमाडौंतर्फ आउदैँ गरेको बा ४ ख ६९४ नम्बरको बस र विपरीतदिशा तर्फबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७१४१ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक हमालका अनुसार दुर्घटनामा परी दुबै सवारी साधनका ६/६ जना घाइते भएका छन् । घाइतेहरूमध्ये केहीलाई गल्छीस्थित अम्बे भरोसा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको छ ।

दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । दुबै सवारी साधनका चालक पनि घाइते भएका छन् । दुर्घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

 

Advertisement

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट