यौनहिंसाको आरोपमा पक्राउ परेका तपस्वी बम्जनको घरबाट झन्डै साढे ३ करोड रुपैयाँ बरामद

  • २०८० पौष २५, बुधबार (६ महिना अघि)
  • २२८ पटक पढिएको
यौनहिंसाको आरोपमा पक्राउ परेका तपस्वी बम्जनको घरबाट झन्डै साढे ३ करोड रुपैयाँ बरामद

काठमाडौं– हत्या र यौन हिंसाको आरोपमा पक्राउ परेका विवादास्पद तपस्वी रामबहादुर बम्जनको घरबाट प्रहरीले झन्डै साढे ३ करोड रुपैयाँ बरामद गरेको छ ।

Advertisement

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज पत्रकार सम्मेलन गरेर बम्जनको घरबाट बरामद गरेको रकम तथा सामग्रीसहित उनलाई सार्वजनिक गरेको हो । बम्जनको घरमा खानतलासी गर्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँ बराबरको १६ देशका विदेशी मुद्रा बरामद गरेको सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

रकमसहित उनको घरबाट बरामद भएको पैसा, मोबाइल, ल्यापटप लगायत पनि प्रहरीले सार्वजनिक गरेको छ । यस्तै महँगा गाडीहरू पनि बरामद भएका छन् ।

बम्जनविरुद्ध आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । जिल्ला अदालत सर्लाहीले २०७६ साल माघ २३ गते पक्राउ पुर्जी जारी गरेयता प्रहरीले बम्जनको खोजी गरिरहेको थियो । तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

शुरुमा लामो समय बाराको हलखोरियामा रहेको जङ्गलमा बसेका बम्जन पछि सिन्धुलीको कमलामाई नगरपालिका– ८ मा जङ्गल अतिक्रमण गरी आश्रम बनाएर बस्दै आएका थिए । बम्जलाई पक्रन प्रहरी टोलीले २०७७ सालको असार ४ गते सिन्धुलीको आश्रममा छापा मारेको भए पनि पक्राउ गर्न सफल भएको थिएन । सीआईबीले बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराउने तयारी गरेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट