प्रधानमन्त्री कप महिला क्रिकेट: एपीएफले जित्यो उपाधि, कोशी ११ रनले पराजित

  • २०८० पौष १८, बुधबार (६ महिना अघि)
  • २१३ पटक पढिएको
प्रधानमन्त्री कप महिला क्रिकेट: एपीएफले जित्यो उपाधि, कोशी ११ रनले पराजित

काठमाडौं – सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

Advertisement

आज भएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि जितेको हो ।

एपीएफले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्यो । कोशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ६२ रन बनाइन् । बलिङतर्फ एपीएफकी कप्तान सीता राना मगर र करुणा भण्डारीले समान १ विकेट लिइन् ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनायो । एपीएफका लागि इन्दु बर्माले ५३ रन बनाइन् । बलिङतर्फ कोशीकी अप्सरी बेगमले ह्याट्रिक लिइन् । यस्तै एलिशा खडियाले २ विकेट लिइन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट