टी–२० विश्व कप क्रिकेटको तयारीका लागि भारतले नेपाललाई आवश्यक सहयोग गर्ने

  • २०८० पौष २०, शुक्रबार (६ महिना अघि)
  • १८६ पटक पढिएको
टी–२० विश्व कप क्रिकेटको तयारीका लागि भारतले नेपाललाई आवश्यक सहयोग गर्ने

काठमाडौं– भारतले नेपाललाई टी–२० विश्वकप क्रिकेटको तयारीका लागि आवश्यक सहयोग गर्ने भएको छ ।

Advertisement

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपाली टोलीलाई विश्वकपमा छनोट भएकोमा बधाई दिँदै विश्वकप तयारीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

जयशङ्करले ट्वीट गरी नेपाली क्रिकेट टोलीका पदाधिकारी तथा सदस्यसँग अन्तरक्रिया गर्न पाउँदा खुसी लागेको र नेपालमा क्रिकेटको विकासका लागि पनि सहयोग गर्ने बताए ।

उनले हिजो बेलुका नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहितका पदाधिकारी र खेलाडीलाई भेटेका थिए । नेपालले यसैवर्ष अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप खेल्दैछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट