यू–१९ विश्वकप क्रिकेट: नेपालले आज पाकिस्तानसँग खेल्दै

  • २०८० माघ १०, बुधबार (६ महिना अघि)
  • १६५ पटक पढिएको
यू–१९ विश्वकप क्रिकेट:  नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाडौं – दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ ।

Advertisement

नेपालले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी मानिएको पाकिस्तानसँग खेल्न लागेको हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो ।

नेपालले १९ वर्ष मुनिको विश्वकपमा यसअघि पाकिस्तानलाई एउटा खेलमा हराइसकेको छ । सन् २००२ मा न्युजिल्यान्डमा आयोजित विश्वकपमा नेपाली टोलीले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियो ।

यू–१९ विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यो समूहमा नेपाल, न्युजिल्यान्ड , पाकिस्तान र अफगानिस्तान रहेका छन् । आजै श्रीलंका र नामिबीया तथा वेस्ट इण्डिज र स्कटल्याण्डबीचको खेल पनि हुँदैछ । सबै खेल दिउँसो पौने २ बजे शुरु हुनेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट