१९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

  • २०८० माघ १२, शुक्रबार (६ महिना अघि)
  • १८५ पटक पढिएको
१९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

काठमाडौं– दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा आज नेपालले अफगानिस्तानसँग खेल्दैछ ।

Advertisement

यसअघि भएका दुईवटा खेलमा नेपाल पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो । पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

अफगानिस्तानले पनि यसअघि भएका दुवै खेलमा हार ब्यहोरेको छ । आजको खेल जितेमा नेपाल सुपर सिक्समा पुग्ने सम्भावना छ । प्रतियोगितामा ४ वटा समूहमा गरी २० वटा टोली छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ । नेपाल प्रतियोगिताको समूह ’डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट