काठमाडौं– भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेटको उपाधिका लागि आज गुजरातसँग खेल्दैछ । खेल गुजरातको वापीमा दिउँसो पौने ३ बजे सुरु हुनेछ ।
लिग चरणमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा गुजरातनलाई आठ विकेटले र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो ।
त्यस्तै तेस्रो खेलमा गुजरातलाई आठ रनले हराएको थियो भने अस्ति शुक्रबार भएको खेलमा नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो ।
गुजरातले बरोडालाई ५७ रन र पाँच विकेटले हराएर फाइनल खेल्न लागेको हो । नेपाली टोली एसीसी प्रिमियर कप र टी–२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।