भारत झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन अवैध जग्गा खरिद बिक्री गरेको आरोपमा पक्राउ

  • २०८० माघ १८, बिहिबार (५ महिना अघि)
  • १०७ पटक पढिएको
भारत झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन अवैध जग्गा खरिद बिक्री गरेको आरोपमा पक्राउ

काठमाडौं– भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई जग्गा घोटाला सम्बन्धी आरोपमा प्रवर्तन निर्देशालय (ईडी) को टोलीले पक्राउ गरेको छ ।

Advertisement

हिजो दिनभर झारखण्डको राँचीमा उनकै निवासमा बयान लिएको ईडीले गएराति मुख्यमन्त्री सोरेनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकोबारे औपचारिक घोषणा हुनुपूर्व सोरेनले राति नै राज्यपालकहाँ गएर मुख्यमन्त्री पदबाट राजिनामा दिएका बीबीसी हिन्दीले जनाएको छ । ईडी सम्पत्ति शुद्धीकरण, विदेशी मुद्रा कानुनको उल्लङ्घन लगायत विषयमा छानबिन गर्ने केन्द्रीय निकाय हो ।

ईडीले सोरेनमाथि राँचीमा सेनाको मातहतमा रहेको ४ एकडभन्दा बढी जमिनको नक्कली कागजात बनाएर अवैध खरीद र बिक्री गरेको आरोप लगाएको छ । यस घटनामा सोरेनसँग यसअघि पनि सोधपुछ भइसकेको थियो ।

जग्गा घोटाला सम्बन्धी मामिलामा अनुसन्धान अगाडि बढ्दै जाँदा ईडीले अहिलेसम्म १४ जना आरोपीहरूलाई पक्राउ गरिसकेको छ । अभियुक्तले सरकारी अधिकारीसँग मिलेर भूमाफियाको नाममा ठगी गरी ती जग्गा हस्तान्तरण गरेको अनुसन्धानबाट खुलेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट